Aamsanchar

राष्ट्रियसभामा तीन अध्यादेश पेश

Author Image
मङ्गलवार, चैत १३, २०७४

काठमाडौँ,

राष्ट्रियसभामा तीन वटा अध्यादेश पेश भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ पेश गर्नुभयो । सो अध्यादेश गत पुस १४ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गर्नुभएको थियो ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग(पहिलो संशोधन) अध्यादेश, २०७४ पेश गर्नुभयो ।

यस्तै ती अध्यादेश गत माघ ५ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गर्नुभएको थियो । त्यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत १६ गते बस्नेछ ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर