झापा,

कारको ठक्करबाट झापा भद्रपुरमा आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत पश्चिम बंगाल दालखोला घर भई हाल भद्रपुर–६ मा डेरा गरी बस्ने २१ वर्षीय सुनिल साह रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो ।

मे २ प ८२७७ नं को स्कुटर चालक साहलाई भद्रपुरबाट चन्द्रगढीतर्फ आइरहेको अवस्थामा सोही दिशातर्फ आइरहेको मे १ च २१७७ नं को कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताउनुभयो ।

Views: 118

