Aamsanchar

विद्यालय कर्मचारीहरुले बुझाए ज्ञापन पत्र

Author Image
बुधवार, चैत १४, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन कुमार घिमिरेलाई मन्त्रालय कार्यकक्षमा ज्ञापन पत्र बुझाइएको छ । सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारीहरुले आफ्ना माग तथा कर्मचारीले भोग्नु परेका समस्याको फेहरिस्त सहितको ज्ञापन पत्र बुझाइएको हो ।

नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय सदस्यदय छबिलाल दवाडी र प्रेम प्रसाईं, प्रदेश नंं १ अधिवेशन आयोजक कमिटीका संयोजक विष्णु प्रसाद अधिकारी, परिषद् मोरङ्गका अध्यक्ष शैलेन्द्र ताजपुरिया, सुनसरी जिल्ला अध्यक्ष रामप्रसाद शाह लगायत ५० भन्दा बढी कर्मचारीहरुको उपस्थिथिमा ज्ञापन पत्र बुझाइएको हो ।

सो ज्ञापन पत्रमा प्रदेश नं. १ का संयोजक विष्णुप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् । ज्ञापन पत्र बुझ्दै घिमिरेले विद्यालयमा काम गर्ने कर्मचारीहरुको यस्तो दर्दनाक अवस्था प्रति आफू चिन्तित रहेको बताए ।

मन्त्री घिमिरेले अहिले ऐन नियम बनाउँदाको अवस्था रहेको भन्दै प्रदेश सरकार कसरी हिंड्ने र कहाँ हिँड्ने ? त्यसका लागि आफूहरु हिँड्ने बाटो आफैंले बनाउनु छ त्यसमा कर्मचारीहरुको मागप्रति आफ्नो मन्त्रालय र मन्त्रीको हैसियतले गर्नुपर्ने कार्यमा कुनै बाँकी नराख्ने बताए ।

उनले संघीय सरकार सञ्चालनको बाटो स्थानीय सरकार चल्ने आधार भएको भन्दै प्रदेश सरकार सञ्चालन कार्यविधि तथा ऐन कानुन स्पष्ट नभएको हुँदा सो बनाउन प्रदेश सरकार लागि परेको जनाउँदैं शिक्षा ऐन नियम बनाउँदा विद्यालयका कर्मचारीहरुसँग सहकार्य गरेर बनाउने आश्वासन दिए ।

मन्त्री घिमिरेले कक्षा १ देखि कक्षा १२ सम्मको जिम्मा स्थानीय तहलाई दिएकाले कर्मचारीहरुले स्थानीय सरकारसंग पनि यस किसिमका विषयलाई ध्यानाकर्षण गराउन समेत आग्रह गरेका छन् ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर