[दिपेन लावती]

बुद्धशान्ति,


शान्तिनगर आदर्श नमुना सामुदायिक बन उपभोक्ता समुह बुद्धशान्ति–३ को अध्यक्षमा पुन ः तिलक रिजाल निर्वाचित भएका छन् । बाम गठबन्धनका रिजालले लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार गंगाराम न्यौपानेलाई ६३२ मत अन्तरले पराजित गरेका हुन् ।

शनिबार निर्वाचन सम्पन्न भई आइतबार बिहान ११ बजे मत परिणाम सार्वजनिक गरिएको छ । बाम गठबन्धन प्यालनका रिजालले १२५५ मत ल्याए भने लोकतान्त्रिक प्यानलका न्यौपानेले ६२३ मत प्राप्त गरेका थिए ।
प्रमुख पदको ४ पदमा बामगठबन्धन र एक पद लोकतान्त्रिक प्यानलका उम्मेदवार बिजयी भएका छन् । उपाध्यक्षमा बामगठबन्धनका खगेन्द्र आचर्यले १०२५ मत ल्याई बिजयी भए । उनका प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलका गंगालाल रिजालले ७८२ मत ल्याए । सचिबमा लोकतान्त्रिक प्यालनका उम्मेदवार मीना अधिकारीले ९८२ मत ल्याई बिजयी भईन् । उनको प्रतिद्धन्दी गठबन्धनका भिमा अधिकारीले ८२२ मत प्राप्त गरिन् ।
सह–सचिबमा गठबन्धनका परशुराम चेम्जोङले १०१९ मत प्राप्त गरि बिजयी भए । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक प्यालनलका बिजयी धिमालले ७८१ मत ल्याएका थिए । कोषाध्यक्ष पदमा गठबन्धनका शिखा घिमिरे ९७८ मत ल्याई बिजयी भईन् । उनको निकटतम प्रतिद्धन्दी लोकतान्त्रिककी साबित्रा न्यौपानेले ८२२ मत प्राप्त गरिन् ।
सदस्यहरुमा रामबहादुर कार्की २४५, खड्ग कुमार खनाल २१८, पार्वता बजगाई २६६, मनकला आचर्य ३१५, बिनीता धिमाल ३०२, नरबहादुर नेम्बाङ ३६२, बचन लिम्बु ३४७, जानुका गौतम ४३३, तार श्रेष्ठ ४३०, झलक सुबेदी ९७, टेकबहादुर मगर २०३ र मेनुका अधिकारीले १८९ मत ल्याई सदस्य पदमा निर्वाचित भएको निर्वाचन संयोजन समितिका सचिब राजु पराजुलीले जानकारी दिए ।
तीन बर्षे कार्यकालका लागि भएको निर्वाचनमा ८१.९३ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक रुद्र चापागाईले जानकारी दिए । २ हजार ४८३ मतदाता मध्ये २ हजार १९ जनाले मतदान गरेका थिए । १७ सदस्यिय कार्यसमितिका लागि ३९ जनाको उम्मेदवारी परेको थियो ।

