Aamsanchar

करेन्ट लागेर दुईको मृत्यु

Author Image
मङ्गलवार, चैत २०, २०७४

धनकुटा,

हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार ४५ वर्षीय मिङ्मा शेर्पाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

छत ढलानका लागि फलामे रड बिच्छाउने क्रममा ३३ केभी हाइटेन्सन लाइनमा छोएपछि गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानाकारी दिनुभयो ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर