Aamsanchar

आगलागीबाट चालीस लाखको क्षति

Author Image
बिहिवार, चैत २२, २०७४

विराटनगर,

मोरङको रङ्गेली–८ मा गए राति आगलागी हुँदा दुई परिवारको रु ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

सो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उक्त आगलागी विद्युत् सर्टबाट भएको बताइएको छ ।स्थानीय जनता, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर