Aamsanchar

वैंकमा सुनका नक्कली गरगहना राखेर २७ लाख ठगी गर्ने थुनामा

Author Image
शुक्रवार, चैत २३, २०७४

बिर्तामोड ।

राष्ट्रिय वाणिज्य वैंक र नेपाल वैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका मध्ये तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

विभिन्न मितिमा राष्ट्रिय वाणिज्य वैंक लिमिटेड बिर्तामोड,धुलावारी शाखा र नेपाल वैंक लिमिटेडको धुलावारी शाखामा सुनका नक्कली गरगहना राखेर वैक ठगी कार्यमा ६ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये तीन जना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला अदालत झापाको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का , मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, बिर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङ पुर्पक्षका लागि जेल चलान भएका हुन् । तामाङ राष्ट्रिय वाषिज्य वैंक बिर्तामोडका नगद सहायक (खजान्ची) हुन् ।

यता पक्राउ परेका मध्ये बिर्तामोड – ५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ,मेनपा – १२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेनपा – १० निवासाी ३३ वर्षीय प्रवेश अधिकारी धरौटीमा छुटेका हुन् ।

श्रेष्ठलाई ३ लाख ९८ हजार, प्रधान र अधिकारीलाई ७०÷७० हजार धरौटी माग भएकोमा उनीहरु बुझाएर छुटेका छन् ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर