Aamsanchar

गजल

Author Image
सोमवार, चैत २६, २०७४

(केशव आर्चाय)

प्राणीको जुनी मध्ये खास हो मान्छे।
परिस्थितीको सधै दास हो मान्छे।।

जब रम्छ, रमाउछ नि जिन्दगी सङ्ग,
बिना बादलको आकाश हो मान्छे।

प्रेम र सद्द्भाव रहुन्जेल् सम्म मात्र,
बलियो आस्था र विश्वास हो मान्छे।

दख्खल् नभै पनि जाइ लागि हाल्ने,
प्राणी मध्येकै बदमास् हो मान्छे।

कुन बेला पशु हुन्छ , थाहा नै हुन्न ,
सधैको अदृश्य सन्त्रास हो मान्छे।

 

Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर