Aamsanchar

इँटाले हानेर मामाले गरे भान्जाको हत्या

Author Image
सोमवार, चैत २६, २०७४
उदयपुर, 
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. २ झोडापाटामा मामा भान्जाबीच विवाद  हुँदा भान्जाको ज्यान गएको छ । मामा ४५ वर्षीय कैलास सदासँग आपसमा झगडा हुँदा ५५ वर्षीय महिनचन सदाको ज्यान गएको हो ।
मामा कैलास सदाको घरमा रक्सी पिएर विवाद हुँदा कैलास सदाले महिनचन सदालाई इँटाले हानेर गम्भीर घाइते भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते सदाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले बताउनुभयो । घटनामा संलग्न कैलास सदा फरार रहेको र सदाको खोजी कार्य भइरहेको भट्टले जानकारी दिनुभयो ।
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर