Aamsanchar

जंगलमा कर्ण मृत फेला

Author Image
मङ्गलवार, चैत २७, २०७४

राजविराज,

सप्तरी सप्तकोशी नगरपालिका–८ स्थित जंगलमा मंगलबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सोही नगरपालिका–१ फतेपुर बस्ने २८ वर्षीय रणधिरणलाल कर्ण मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । तीन दिनअगाडि कर्ण बेपत्ता भएका थिए ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर