Aamsanchar

दाजुभाइमाथि छुरा प्रहार

Author Image
बुधवार, चैत २८, २०७४

दमक।

झापाको दमक बजारमा दुईजना दाजुभाइमाथि छुरा प्रहार भएको छ । दमकस्थित देवकोटा चोकमा स्थानीय नीराजन श्रेष्ठको सुनपसलमा काम गर्ने राजन सुनुवार र ग्यालेक सुनुवारलाई सँगै काम गर्ने साथीले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बेलुका सानो काम छ भनेर घरमुनि बोलाएर अर्जुन दियाली र प्रकाश दियालीले दुइ दाजुभाइलाइ छुरा प्रहार गरेको जनाइएको छ । छुरा प्रहारबाट गम्भीर भएका दाजुभाइको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतलले जानकारी दिएका छन् ।
छुरा प्रहार गर्नेहरुको स्थायी घर धरान रहेको र यही काम गर्दै आएको बताइन्छ ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको पनि बस्नेतले जानकारी दिएकाछन् । छुरा प्रहार गर्नुपर्ने कारण भने खुलेको छैन । छुरा प्रहारमा संलग्न अर्जुन दियाली पक्राउ परेको र अर्का प्रकाश दियाली फरार रहेको जनाइएको छ ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर