Aamsanchar

बिर्तामोडमा शैक्षिक मेला

Author Image
बुधवार, चैत २८, २०७४

बिर्तामोड।

डिप्लोमादेखि पीएचडीसम्म अध्ययन गर्न विभिन्न देशमा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले मंगलबारबाट बिर्तामोडमा शैक्षिक मेला शुरु भएको छ ।

बिर्तामोडस्थित एनजिओआइएमइको संयोजन र इडन एकाडेमी कल्सन्टेन्सी धरानको आयोजनामा भारत, अष्टे«लिया आयरल्याण्ड र जापानका कलेजहरुमा इन्जिनियरिङ नर्सिङ, म्यानेजमेन्ट, आइटी, एभिएसन लगायतका विषयमा अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि शैक्षिक मेलाको आयोजना गरिएको एनजीओआइएमइका प्रबन्ध निर्देशक दिवाकरलाल चौधरीले जानकारी दिए ।

बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा शुरु भएको शैक्षिक मेलामा अष्ट्रेलियाका सात वटा, जापानको एउटा, आयरल्याण्डको एउटा र भारतको सातवटा कलेज तथा युनिभर्सिटीका संस्थापक तथा प्रतिनिधिहरुले विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिइरहेको इडन एकाडेमी कन्सल्टेन्सीका सञ्चालक मोहन तिगेलाले जानकारी दिए ।

उक्त मेलामा सहभागी बिद्यार्थीहरुलाई सम्बन्धित देशको रहनसहन, रोजगारीको अवसर, जीवन पद्धती, कलेजको वातावरण र जाँदा अपनाउनुपर्ने प्रक्रियाका बिषयमा विद्यार्थीहरुको जिज्ञासा मेटाउने उनले बताए ।

मेलामा सहभागी बिद्यार्थीलाई ती देशहरुमा उच्च शिक्षा अध्ययनका लागि जान आइइएलटिएसका लागि आइडीपी र बैकिङ प्रक्रियाका लागि एसबीआई बैंकले सहयोग गर्ने उनले जानकारी दिए ।

मंगलबारबाट शुरु भएको मेलामा पहिलो दिन झापा, इलाम, पाँचथर लगायतका विभिन्न स्थानका पाँच सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको एनजीओआइएमईका प्रबन्ध निर्देशक दिवाकरलाल चौधरीले जानकारी दिए । मेलामा नर्सिङ, आइटी, म्यानेजमेन्ट, इन्जिनियरीङका विषयमा विद्यार्थीहरुले बढी रुची देखाएको उनले बताए । मेला आज बुधबार पनि सञ्चालन हुने उनले बताए ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर