Aamsanchar

प्रवासीको साथ मोबाइल एप्लिकेशनमा विदेशका कुरा

Author Image
बिहिवार, चैत २९, २०७४

बिर्तामोड ।

अधिकांश नेपाली युवायुवती वैदेशिक रोजगारीका लागी खाडी मुलुक गइरहेका बेला वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउने उद्धेश्यले मोबाइल एप्लिकेशन तयार पारिएको छ ।

पौरखी नेपाल नाम संस्थाले प्रवासीको साथ नामक नेपालको मोबाइल एपिल्केशन मार्फन विदेश जाँदा कुन–कुन प्रक्रिया पुरा गर्नुपर्ने हो भन्ने विषयमा जानकारी गराउने संस्थाकी प्रमुख रुपश्री जोशीले जानकारी दिइन् । वैदेशिक रोजगारी सम्बन्धि जानकारी नहुदाँ धेरै नेपाली विदेशमा अप्ठ्यारोमा परिरहेको तथा नेपालमा नै दललको फन्दामा पर्ने भएकाले सबैमा सजग गराउन पनि मोबाइल एप्लिकेशन प्रभावकारी बन्ने अपेक्षा गरेको जोशीको भनाई छ ।

बुधबार झापाको बिर्तामोडमा भएको अनर्तक्रिया कार्यक्रममा बोल्दै जोशीले www.prabasikosath.com एप्लिकेशन डाउनलोड गरेपनि विदेश जानुअघि अप्नाउनु पर्ने सबै प्रक्रियाको बारेमा जानकारी लिन सकिने पौरखी नेपालका सन्दिप न्यौपानेले बताए । यस एप्लिकेशन मार्फत ६ वटा देशको बारेमा जानकारी लिन सकिने बताइएको छ । प्रवासीको साथ नाम एप्लिकेशन मार्फत नेपालमा भएको वैदेशिक रोजगारसम्बन्धि काम गर्ने आधिकारीक म्यानपावरहरुको विवरणसमेत समावेश गरिएको संस्थाकी प्रमुख जोशीले बताइन् ।

हालसम्म ७ सयबढीले यो एप्लिकेशन डाउनलोड गरेर प्रयोगमा आइसकेको र अबको तीन महिनाभित्रमा ७ हजारको हाराहारीमा पु¥याउने लक्ष्यका साथ आफुहरु विभिन्न जिल्लामा अन्र्तक्रिया तथा छलफलमा लागेको जोशीको भनाई छ । यस एप्लिकेशनमा विदेश जानुपूर्व गर्नुपर्ने काम, जानेबेलामा अप्नाउनुपर्ने सुझाव तथा विदेश गइसकेपछि गर्नुपर्ने कामका बारेमा जानकारी आफ्नै मोबाइलमा पाउन सकिने प्रमुख जोशीले जानकारी दिइन् ।

नेपालबाट सबैभन्दा धेरै कामदार झापाबाट जानेगरेको र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनपनि यो कार्यक्रम झापासहित पूर्वका जिल्लाका लागी अझ प्रभावकारी बन्नेमा आफुहरु ढुक्क रहेको जोशीको भनाई छ ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर