Aamsanchar

चारआलीमा रक्तदान कार्यक्रम

Author Image
बुधवार, वैशाख ५, २०७५

चारआली,

श्री कृष्ण युवा परिषद नेपाल जिल्ला कार्य समिति झापा प्रारम्भीक समिति चारआलीले मंगलबार चारआली बजारमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा २२ जना ले रगत दिएका थिए ।

चारआली प्रारम्भिक समितिका अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, श्री कृष्ण युवा परिषद नेपाल जिल्ला कार्य समिति झापा अध्यक्ष अनिल ढुंगाना लगायत युवा परिषदका विभिन्न जिल्ला पदाधिकारी, प्रारम्भिक समिति अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

श्री कृष्ण प्रणामी धर्मको स्थापना भएको ४०० वर्ष पुरा भएको खुशीयालीमा गरिएको विभिन्न कार्यक्रमहरु मध्ये अहिले झापामा चरम रगतको अभाव देखिएकाले प्रणामी धर्म अन्तर्गतका झापाका सबै प्रारम्कि समितिहरुमा रक्तदानको कार्यक्रम आयोजना गरिन श्री कृष्ण युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाका अध्यक्ष अनिल ढुंगानाले बताए ।

Views: 200

प्रतिक्रिया (०)