Aamsanchar

धुलाबारीमा केशवराज भण्डारी फाउण्डेशन

Author Image
सोमवार, वैशाख १०, २०७५

धुलाबारी।

झापाको धुलाबारीमा केशबराज भण्डारी फाउण्डेशन नामक संस्था स्थापना गरिएको छ । तत्कालीन शान्तिनगर गाउँ पञ्चायतका पहिलो प्रधानपञ्च स्व. केशबराज भण्डारीको स्मृतिमा सामाजिक अभियान सञ्चालन गर्ने गरी संस्थाको स्थापना गरिएको स्व. भण्डारीकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष सबिता भण्डारी भेटवालले जानकारी दिइन् ।

कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष भेटवालले संस्थाले एक महिला, अनाथ बालबालिका र युवा क्षमता बिकास कार्यक्रम सञ्चालन गर्ने गरी पाँच लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी थिइन् ।

फाउण्डेशनकी अध्यक्ष सविता भण्डारी भेटवालको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्व. केशबराज भण्डारीका सहयात्रीहरु शान्तिगर गाउँ पञ्चायतका पूर्व वडाध्यक्ष बिष्णुलाल गौतम, गाउँ पञ्चायतका पूर्व उपाध्यक्ष शिवलाल शर्मा चापागाई, बुधबारे गाउँ पञ्चायतका पूर्व अध्यक्ष दिनानाथ ढकाल र धुलाबारी गाउँ पञ्चायतका पूर्व उपाध्यक्ष माया गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना उप्रेती सम्मानित व्यक्तित्वहरु माया गुरुङ, शिवलाल शर्मा चापागाई, बिष्णुलाल गौतम, सांसक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले शुभकामना मन्तब्य राखेका थिए ।

केशबराज भण्डारी फाउण्डेशनको उपाध्यक्षमा रुद्रबाबु भण्डारी, सचिब गोपाल बस्नेत, सहसचिब सरस्वती सिटौला, कोषाध्यक्ष शर्मिला तिखत्री खतिवडा रहेका छन् । त्यसैगरी सदस्यहरुमा बन्दनकुमार मुण्डा, लेखनाथ पराजुली, लता प्रसाई, अनिलकुमार भेटवाल, लेखनाथ खतिवडा र भारती गौतम थपलिया रहेका छन् ।

स्व. केशबराज भण्डारीका भाइ तथा कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले स्वागतसहित स्व. भण्डारीको जीवनीका बारेमा जानकारी गराएको कार्यक्रममा सदस्य बन्दनकुमार मुण्डाले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिब गोपाल बस्नेत र सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले गरेका थिए ।

Views: 186

प्रतिक्रिया (०)