Aamsanchar

चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

Author Image
बुधवार, वैशाख १२, २०७५

काँकडभिट्टा, 

वैदेशिक रोजगारीका क्रममा जोर्डनमा बलात्कृत भएर गर्भवती अवस्थामा स्वदेश फर्किएकी झापाकी धनमाया बस्नेतलाई सहारा नेपालले मासिक भत्तासहित रोजगारी दिने भएको छ ।

झापाको बिर्तामोड–२ घर भएकी धनमाया आठ महिनाको गर्भ बोकेर गत साता स्वदेश फर्किएकी हुन् । स्वदेश फर्केपछि उनका पति किरण बस्नेत र परिवारले घर निकाला गरेका कारण धनमाया हाल माइतीको शरणमा रहेकी छन् ।

धनमायालाई अपमानजनक रुपमा घर निकाला गरिएको समाचार राससले सम्प्रेषण गरेको थियो । परिवारबाट घर निकाला गरिएकी तीन सन्तानकी आमा धनमायाले आफ्नो पतिसँग जीविकोपार्जनको व्यवस्थाका लागि अनुरोध गरेकी थिइन् । तर परिवारले केही नदिने बताउँदै आएको छ ।

सहारा नेपालले उनलाई एक वर्षसम्म मासिक रु पाँच हजार र रोजगारी दिने सचिव महेन्द्र गिरीले बताउनुभयो । धनमायाको सम्पूर्ण सुत्केरी तथा स्वास्थ्योपचार खर्च समेत आफूहरूले व्यहोर्ने उहाँले बताउनुभयो ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर