Aamsanchar

गाउँंवाटै विकासको मुल रोप्न सकेमात्र देश समृद्ध हुन्छ-पोखरेल

Author Image
बिहिवार, वैशाख १३, २०७५

झापा,

दोहाको कतारमा बिहिबारदेखि तीन दिनसम्म अन्तर्राष्ट्रिय झापाली समाजका मध्यपूर्व क्षेत्रिय भेला सुरु भएको छ।

समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने नाराका साथ जन्मेको ठाउँं र हुर्केको गाउँंवाटै विकासको मुल रोप्न सकेमात्र देश समृद्ध हुन्छ भन्ने सोचका साथ अन्तर्राष्ट्रिय झापाली समाजको गठन भएको थियो ।

यतिखेर २४ देशमा फैलिएको झापालीहरुको यो समाजले कतारको दोहामा तीन दिनसम्म झापाको विकास र बिस्तारमा सहयोग पुर्‍याउने योजना बुन्ने तथा सामुहिक लगानीको निचोड निकाल्ने कुरा समाजका अध्यक्ष तथा एनआरएन अस्ट्रेलियाका पूर्व उपाध्यक्ष दिनेश पोखरेलले बताए।

झापाको शिक्षा र स्वास्थमा सहयोग र सामुहीक लगानी यस पटकका हाम्रा बिशेष एजेन्डाका रुपमा रहेका छन्, हामीले त्यस बाहेकका अन्य विषयमा पनि छलफल अगाडि बढाउने छौ,’ अध्यक्ष पोखरेलले बताए । संस्था गठन भएलगत्तै झापाका बाढिपीडितलाई १२ लाख रुपैया बराबरको सहयोग गर्नुका साथै कमल गाउँंपालिकाका बाढी पीडितको सहयोगार्थ करिब तीस लाख रुपैयाको लागतमा ९ वटा घर निमार्ण गरेको अध्यक्ष पोख्रेलले जानकारी दिए ।

झापाको समग्र विकाशमा झापाली समाजको योगदान रहने बताउँदै अध्यक्ष पोखरेलले झापा गोल्डकपमा समेत सह–प्रायोजकका रुपमा सहयोग गरेको बताए । प्रवासमा रहेका झापाली बिचको एकता सहकार्य र सदभावसँंगै हाम्रो मुख्य उद्देस्य भनेको झापाका समग्र विकास नै हो, यस भेलामा हामी केही नयाँ योजना बुनेर चाडै सार्वजनिक गर्ने छौ,’ पोखरेलले भने । बिदेशमा बस्दा सबैभन्दा सम्झनामा आउने कुरा आफ्नो गाउँं ठाउँंनै रहेछ। यसैले पनि झापाली समाजको माध्यमवाट आफ्नो घर आगनसँंग जोड्ने र माया साटने अनि अनुभव बाढ्ने बाटोको रूपमा समाजको स्थापना भएको हो,पोखरेलले भावुक हुँंदै सुनाए।

अस्ट्रेलियामा ब्यवशाय गरेर बसेका पोखरेल चलचित्र निमार्ता समेत हुन्। भेलाको बन्दसत्र प्रारम्भ भए पनि शुक्रबार एनआरएनका केन्द्रीय अध्यक्ष भवन भट्टले औपचारिक रुपमा भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको समाजका प्रवक्ता महेन्द्र चौलागाइले जानकारी दिए । अष्ट्रेलियाबाट समाजका पूर्व संयोजक भवानी ओली, एनआरएन आइसीसी ओसेनिया खेल संयोजक भुपाल सिटौला र एनआरएनएका सदस्य अजय राजवंशी भेलामा सहभागी भएका छन्।

२४ देशवाट गरी कुल दुई सय पचास प्रतिनिधीहरुको सहभागिता रहेको यस भेलामा अमेरिका, युरोप, एशिया ,मध्यपूर्व र ओसेनियाका क्षेत्रिय समितिका प्रतिनिधिको उपस्थिति रहेको प्रवक्ता चौलागाइले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर