Aamsanchar

अवैध काठसहित ट्याक्टर बरामद

Author Image
शुक्रवार, वैशाख १४, २०७५

मोरङ ।

इलाका प्रहरी कार्यालय रानीले “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तरगत अवैध गोलिया काठसहित ट्याक्टर बरामद गरेको छ ।

अभियान अन्तरगत उक्त कार्यालयबाट टोलीले बिहिबार दिउसो ४ बजेतिर बिराटनगर महानगरपालिका वडा न–१४ मा गस्तीका क्रममा को १ त ५०७४ नम्बरको ट्याक्टरमा लोड गरिएको अवस्थामा अवैध काठ फेला पारेको हो।

बरामद काठसहित ट्याक्टर तथा ट्याक्टरका चालक विराटनगर–१८ निवासी बालाराम मुसहरलाई नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला वन कार्यालय मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर