(अनिल वाग्ले)
झापा ।

सरकारले देशको आर्थिक नीति तय गर्ने उदेश्यले गत बैशाख १ गतेदेखि पहिलो पटक राष्ट्रिय आर्थिक गणना कार्यक्रम सुरु गरेको छ ।

झापा सहित देशका ७७ बटै जिल्लामा जेष्ठ मसान्त सम्ममा देशभरका स्थानीय तहमा रहेका वस्तु तथा सेवाको उत्पादन गर्ने संस्था (प्रतिष्ठान) को लगत लिने कार्य जारी रहेको बताइएको छ । झापाका १५ वटै स्थानीय तहमा लगत संकलनका लागि १ सय ४४ जना गणक र २१ जना सर्वेक्षक रहेको गणक टोलीका हरि प्रधानले बताएका छन् ।
आर्थिक गणना गर्नुको मुख्य उदेश्य प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्था र यसका वित्तिय पक्ष सहित आधारभुत तथ्यांकहरु उपलब्ध गराउने, केन्द्र प्रदेश तथा स्थानीय तहका सरकारहरुलाई योजना तर्जुमा र नीति निर्माण गर्न तथ्यांकहरु उपलब्ध गराउन, राष्ट्रिय लेखा प्रणालीको शुद्धिकरण गर्न तथ्यांकहरु उपलब्ध गराउने, तथ्याकंकीय व्यवसायिक रजिष्टर निर्माणको आधार तय गर्नु रहेको गणक बुद्धशान्ति– २ का हरि प्रधानले जनाएका छन् ।


