Aamsanchar

महिलाले गर्नै नहुने यी ९ काम, यस्तो छ कारण !

Author Image
शुक्रवार, वैशाख १४, २०७५

एजेन्सी ।

एउटा राम्रो आचरण भएकी महिलाले घरलाई स्वर्गजस्तै बनाउन सक्छिन् । महिला घरकी लक्ष्मी हुन् । भनिन्छ एउटा त्यतिबेला घर जस्तो बन्छ जतिबेला त्यस घरमा बस्ने महिलाले आफ्नो कर्तव्य सम्झिएर त्यसको पालन गर्छन् । हरेक धर्ममा महिलाहरुको स्थान माथि राखिएको हुन्छ । साथै महिलाको लागि कति काम यस्तो बताइएको छ कि जुन उनीहरुलाई गर्न इन्कार गरिएको छ ।

घर छोडेर हिँड्नुहुँदैन

शास्त्रको अनुसार स्त्रीहरु कुनै पनि हालतमा आफ्नो घर छोडेर हिड्नुहँदैन । अर्थात अर्काको घरमा बस्नुहुँदैन । यो कुरालाई नमान्दा धेरै नोक्सान हुन सक्ने बताइन्छ ।

नेपाली संस्कृतीमा जनई लगाउने परम्परा बैदिक कालदेखिनै चलिआएको छ । पुरुषको लागि जनई लगाउनु अनिवार्य मानिएको छ तर महिलाले जनई लगाएमा नराम्रो हुने मान्यता रहँदै आएको छ ।

जप गर्नुहुँदैन

ओम मन्त्रको अभ्यास गर्दा कतिपय शारिरिक र मानसिक फाइदा हुने बताइन्छ तर यस्तो मानिदैँ आएको छ कि महिलाले कुनै पनि जप गर्नु नराम्रो मानिन्छ ।

फर्सी काट्नुहुँदैन

फर्र्सीलाई सीताको फल अर्थात सीताफल मानिन्छ । यसलाई महिलाले काट्न नहुने मात्यता रहँदै आएको छ । पहिले पुरुषले थोरै काटिदिएपछि महिलाले काट्न सकिने बताइन्छ ।

बलि दिन हुँदैन

फरक–फरक धर्ममा उल्लेख भएअनुसार नियम पनि फरक नै हुने गर्दछ । तर देवतालाई बलि चढाउन महिलाले नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

नरिवल फुटाउन हुँदैन

तपाई हामीले देखेको कुरा हो कि प्राय कुनै पनि शुभ कार्यमा पुरुषहरुले नै नरिवल फुटाएको देखेका छौ । शास्त्रका अनुसार महिलाले यो काम गर्नु हुँदैन ।

पतिसँग टाढा बस्नु हुँदैन

शास्त्रको अनुसार कुनै पनि स्त्री आफ्नो पतिसँग धेरै समयसम्म टाढा बस्नुहुँदैन । जीवनसाथीसँग टाढा हुनु स्त्री र पुरुष दुवैको जीवनमा समस्या पैदा गर्न सक्छ ।

हनुमानको पूजा

यो कामको बारेमा तपाईलाई पनि जानकारी भएकै कुरा हो कि हनुमानलाई ब्रमचारी मानिन्छ । महिलाले हनुमानको पूजा गर्न त सक्छन् तर उनीहरुको हनुमानको स्पर्श गर्न मनाही गरिएको छ ।

गायत्री मन्त्रको जप गर्नुहुँदैन

शास्त्रको अनुसार महिलाले गायत्रीमन्त्र जप गर्नुहुँदैन । गायत्री परिवारका प्रमुख आचार्य श्री राम शर्माको अनुसार यो जप गर्नु महिलाको लागि श्राप मुक्त गरिदिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर