Aamsanchar

मोटरसाइकल दुर्घटनमा चालकको मृत्यु

Author Image
आइतवार, वैशाख १६, २०७५

सुनसरी: 

सुनसरीको दुहवी नगरपालिका ८ स्थित जुट मिल नजिकै शनिबार राति भएको मोटरसाइकल दुर्घटनमा चालकको ज्यान गएको छ।

 

ज्यान गुमाउनेमा बा ८७ प ९९५८ नम्बरको मोटरसाइकल चालक  सुनसरी गडी गाउँपालिका २ भमरी  बस्ने अन्दाजी २८ बर्षिय दिपेन्द्र बस्नेत रहेका छन्। उनले चलाएको सो मोटरसाइकलले साईकलयात्री मोरङ ग्रामथान गाउँपालिका स्थित नडिया टोल बस्ने २५ बर्षिय कमल चौधरीलाई ठक्कर दिँदा अनियन्त्रित भइ दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते साइकलयात्री र मोटरसाइकल पछाडि सवार दुहवी नगरपालिका ८ बस्ने अन्दाजी २६ बर्षिय प्रमोद बस्नेत घाइते भएका छन्।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर