Aamsanchar

पत्रकारले संवैधानिक अङ्गलाई निगरानी गर्नुपर्ने

Author Image
आइतवार, वैशाख १६, २०७५

काठमाडौँ, 

देशको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरणमा सञ्चार क्षेत्रले यथार्थ सूचना तथा समाचार प्रवाहका माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको
छ ।

कुमारी क्लबद्वारा आयोजित २१ दिने पत्रकारिता तथा उद्घोषण प्रशिक्षणको समापन कार्यक्रममा सहभागी वक्ताले जनताको वास्तविक समस्या सरकारलाई र सरकारले उनीहरुका कल्याणका लागि गरेका गतिविधि जनतासम्म लैजाने काम सञ्चारकर्मीले गर्नुपर्ने सुझाउनुभयो । राष्ट्रियसभा सदस्य कोमल ओलीले सो क्षेत्रले राज्यका विभिन्न अंग तथा संवैधानिक शक्तिका भूमिका सन्तुलित भए नभएको विषयलाई खोज अनुसन्धान गरी नागरिकका पक्षमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष मोहनकुमार बस्नेतले समाजमा गरिबी न्यूनीकरण, आर्थिक विकास, आवाजविहीनको पक्षमा रही पत्रकारले सत्य, तथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । क्लबका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मनोज राजभण्डारीले पछिल्लो समय सूचना प्रविधिको विकासले सर्वसाधारणको जनजीवनमा सहज भएसँगै सञ्चार क्षेत्रको अध्ययनप्रति युवा पुस्ताको आकर्षण बढेको विचार व्यक्त गर्नुभयो । प्रशिक्षणमा सहभागी ४२ विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर