Aamsanchar

भद्रपुरमा जिल्लास्तरीय प्रथम नकआउट फुटबल शुरु

Author Image
सोमवार, वैशाख १७, २०७५

भद्रपुर।

झापाको भद्रपुरमा जिल्लास्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । भद्रपुर ३ पृथ्वीनगर स्थित ज्ञानेचोक नजिकैको खेल मैदानमा आइतबार भएको उद्घाटन खेलमा आयोजक सिरीजङ्गा स्पोटिङ्ग क्लव सजिलै सेमीफाइनलमा प्रवेश गरेको छ ।

बाहुणडाँगी क्लव मेचीनगरलाई शुन्यको विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै सिरीजङ्गा सेमीफाइनलमा प्रवेश गरेको हो । शुरुदेखि नै आक्रमक पारी खेलेका सिरीजङ्गाका विनोद बस्नेतले पहिलो हाफ्को १२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । एक गोलले अग्रता लिएको ५ मिनेट बित्न नपाउँदा सिरीजङ्गाका बस्नेतले १७ औ मिनेटमा अर्को गोल थपे । उनले खेल अवधिभर दुई गोल गरेर टिमलाई विजयी बनाए ।

बाहुण्डागीका खेलाडी मैदानमा पटक–पटक अवसर पाए गोल गर्न सकेन । निर्धारित ३५÷३५ मिनेट सम्पन्न खेलको म्यान अफ द म्याच सिरीजङ्गाका विनोद बस्नेत घोषित भए । सोमबारमा मुनाल क्लव चन्द्रगढी र झापा एफसी राजगढ बीच प्रतिष्पर्दा हुने आयोजक समितिका बिक्रम भुजेलले जनाकारी दिए ।

क्लवका अध्यक्ष पूर्णमाया लिम्बुको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता भएको उद्घाटन कार्यक्रममा नगरका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), ३ नम्बर वडा अध्यक्ष कमला थुलुङ्ग, १ नम्बर वडाध्यक्ष दशरथ मुखिया, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, राप्रपाका महिला नेतृ राधा कार्की लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव हेमबहादुर राईले गरेका थिए ।

सिरीजङ्गा स्पोटिङ्ग क्लवरको आयोजनामा बैशाख २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमलाई नगद ५१ हजार १११ र उपविजेता टिमलाई नगद ३१ हजार १११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने क्लवका खेल संयोजक भीम लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर