Aamsanchar

व्यवसायीले घेरे यातायात कार्यालय

Author Image
सोमवार, वैशाख १७, २०७५

बिर्तामोड।

यातायात व्यवसायीले आइतवार यातायात व्यवस्था कार्यालय मेची घेराउ गरेका छन् । सरकारले यातायात व्यवसायीलार्य सिन्डिकेटको ट्याग भिराएर व्यवसाय नै घरासायी बनाउन लागेको भन्दै त्यसको विरोधमा व्यवसायीले आइतवार दिउँसो यातायात व्यवस्था कार्यालय घेराउ गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद रिजालको नेतृत्वमा गएको यातायात व्यवसायीको एक टोलीले कार्यालय घेराउ गरेको थियो । उनीहरुले मेचीमा सिन्डिकेट नभएको र आलोपालो प्रणालीबाट यातायात सञ्चालन भइरहेको बताएका छन् ।

कार्यालय घेराउपछि आयोजित कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका जिपतर्फका केन्द्रीय सदस्य मनोहरि चापागाईं, कनकाई यातायात संघका सभापति कुलप्रसाद ओडारी, हिमाल यातायात संघका सल्लाहकार राजेन्द्र तिवारी, मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रकाश उप्रेती, पूर्वाञ्चल यातायात संघका सभापति गंगा सिटौला, नेपाल यातायात मजदुर संघका देउमान लिवाङ लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मेची अञ्चल सचिव टंकप्रसाद दवाडीले गरेका थिए

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर