Aamsanchar

पञ्चकन्यामा बुद्धको शालिक

Author Image
सोमवार, वैशाख १७, २०७५

बिर्तामोड:

झापाको विर्तामोड–१ स्थित पन्चकन्यामा बुद्धको शालिक स्थापना गरिएको छ । पञ्चकन्या सोसाइटीद्धरा बुद्धको स्तुप अनावरण गरिएको गरिएको हो । २५६२ औ बुद्धजयन्तीको अवसर पारेर सोमवार स्तुपको अनावरण गरिएको हो ।

एक कार्यक्रमका बीच प्रमुख अतिथी ८१ वर्षीया ज्येष्ठ नागरिक इश्वरा देवी सग्रौलाले शालिकको अनाबरण गरेकी हुन् । गत कार्तिकमा समाजका ज्येष्ठ नागरिक ७५ वर्षीया चक्रमाया मगरले शिलान्यास गरेको बुद्धको शालिक बुद्ध जयन्तीको अवसर पारेर अनाबरण गरिएको हो ।

विर्तामोड नगरपालिक, पन्चकन्या सोसाइटी,तथा दाताहरु टिका संग्रौला,अन्जली संग्रौला,पर्शूराम मगर लगायतले उपलब्ध गराएको २ लाख पचास हजार रुपैयांको आर्थिक सहयोगमा बुद्धस्तुप तथा फलैचां निर्माण गरिएको पन्चकन्या सोसाइटीका अध्यक्ष तेजमणी प्रसाइले बताए । हाल त्यहां १ सय ३५ घरपरिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

स्थानियहरुले पन्चकन्या हाउजिङ्गले निशुल्क रुपमा उपलव्ध गराएको जमिनमा बुद्धको शालिक तथा फलैचाँ स्थापना गरिएको विर्तामोडका नगर परिषद सदस्य टिका संग्रौलाले जानकारी दिए ।

सवै धर्म र जातजातिको संस्कार र रीतिरिवाजलाई सम्मान गर्नु पर्ने औंल्याउँदै स्थानीयहरुले बुद्ध स्तुपको स्थापना गरिएको जनाइएको छ । सबै धर्मलाई सम्मान गर्ने मुल शन्देश प्रवाह गर्ने उदेश्यका साथ यो बुद्धको शालिक अनाबरण गरिएको सस्थाका पुर्व अध्यक्ष हिरानन्द थपलियाले बताए ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर