Aamsanchar

अन्तराष्ट्रीय झापाली समाजको प्रथम क्षेत्रीय भेला कतारको दोहामा सम्पन्न

Author Image
सोमवार, वैशाख १७, २०७५

दोहा

अन्तर्राष्ट्रिय झापाली समाज कतारको प्रथम क्षेत्रीय भेला सम्पन्न गरेको छ । “समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली” भन्ने मूल नाराका साथ नेपाली शुरु भएको कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोख्रेलको सभापतित्व तथा नेपाली राजदूतावास कतारका नियोग उपप्रमुख मणिरत्न शर्माको प्रमुख आथित्यमा दोहा होटल क्राउन प्लाजाको होलिडे इनमा भेला सम्पन्न भएको हो ।

भेलाले ६ बुँदे दोहा घोषणापत्र २०१८ पनि जारी गरेको छ । घोषणा पत्रमा समृद्ध झापा निर्माणमा पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद र कृषि क्षेत्रका विकासको लागि ५० करोड भन्दा बढीको कोष खडा गर्ने, पर्यटन विकासको लागि चन्द्रगडी विमानस्थलको सुधार, प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा अनुसार शुरु गरेको मिस्त्री टोल नमूना बस्ती तीन महिना भित्रमा नै सम्पन्न गर्ने, दोश्रो क्षेत्रीय भेलाको मिति ,स्थान र अन्तर्राष्ट्रिय, राष्ट्रीय र क्षेत्रिय स्तरमा रहेका संघ संस्थाहरुसंग देश निर्माणका कार्यहरुमा सहकार्य गर्ने जस्ता महत्वाकांक्षी योजनाहरु रहेको छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास कतारका नियोग उपप्रमुख मणीरत्न शर्माले समाजको प्रगतिको शुभकामना दिदै कतारमा श्रमिकहरुका समस्या धेरै आउने गरेकोले दूतावासले बिदाका दिनमा पनि सेवा प्रदान गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भावन भट्टले शुभकामना दिदै एनआरएनएले शुरु गरेका मेघा प्रोजेक्ट, एनआरएनए बिल्डिङ बार्पाक जल बिद्युत र गाउँ पालिकाका स्कूलहरुसँग सहकार्य गरी आवश्यक सहयोग गर्ने जस्ता आयोजनामध्ये केहि शुरु गरिसकेको र केहि कामहरु लगत्तै शुरु गर्न लागेको जानकारी गराएका थिए ।

भेलामा अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक भवानी ओली, प्रवक्ता महेन्द्र चौलागाई, उपाध्यक्ष छत्र सुब्बा, दीपक ओली, सचीव ललीत न्यौपाने लगायत युके, अमेरिका, अष्ट्रेलीया, जापान, दक्षिण कोरिया, इजरायल, हकङ बेल्जियम, कुवेत नेपाल र लक्समबर्गका झापाली समाजका प्रतिनिधि हरुका साथै कतारका बैचारिक ,सामाजीक र जातिय संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा झापाली समाज कतारले सामाजिक काममा सहयोग गर्ने झापाली तथा गैर झापालीहरुलाई सम्मान पत्रबाट सम्मानित गरेको थियो । कार्यक्रमको समापनमा बोल्दै सभापति दिनेश पोख्रेलले झापालीहरु एकताबद्ध भई नयाँ जोस र उमङका साथ अगाडि बढ्नु पर्ने बताउँदै प्रथम सम्मेलनमा र दोहा घोषणा पत्रमा उठाएको कुराहरुलाई सबैले अक्षरांस पालना गर्न आग्रह गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर