पथरी (मोरङ) । सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निष्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको हो ।
सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजीमा परेका हुन् । कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, “काम नगर्ने, लेखा प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीलाई कारबाही गरेका हौँ ।”
खारेज हुनेमा ग्रामीण भेगका सहकारी बढी छन् । अघिल्लो वर्ष ३१ वटा सहकारीको दर्ता खारेज भएको थियो । मोरङमा एक हजार ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी डिभिजन कार्यालय मोरङ जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 172