दक्षिण कोरिया।
कोरियाको थेजनमा यहि जुलाई पन्ध्र देखि फोर्याङ मड फेस्टीवल अर्थात हिलो महोत्सव चलिरहेको छ । पच्चिस तारिख सम्म चल्ने मड फेस्टीवल कोरियाको एक चर्चित अन्तर्राष्ट्रिय महोत्सव मध्ये एक हो ।
महोत्सवमा म्याराथुन, रेस्लीङ, फुटबल लगायत विभिन्न हिले कार्यक्रमका साथै सांगितिक कार्यक्रमको पनि आयोजना गरिएको छ । महोत्सवमा सहभागी स्वदेशी तथा विदेशी पर्यटकले अनुहार विभिन्न खाले रंग पोतेर मनोरञ्जन लिएका छन् । त्यस्तै केहि युवतीहरु बिकिनी ड्रेस सहित हिलोमा खेलेर र अनुहारमा हिलो पोतेर मनोरञ्जन लिएका छन् ।
यसैगरी शनिवार साँझ कोरियाका चर्चित पप गायक पिएसवाई नामले चर्चित पार्क जे साङले लगातार दुइ घण्टा सांगितिक प्रस्तुति दिएका थिए । उनले ओपन ग्याङनाम स्टाइल लगायतका चर्चित पप गित दर्शक माझ पस्केका थिए । उनको सांगितिक प्रस्तुतिबाट दर्शकहरुले साथ दिदै डान्स समेत गरेका थिए ।
यसैबीच महोत्सवका आयोजकले महोत्सव प्रवेशका लागि अनलाइनबाट पनि टिकट लिने व्यावश्था मिलाएका छन् ।
थप तस्बिर: