Aamsanchar

कोइलाबाट तेल उत्पादन गर्न चीनले कच्चा पदार्थ र प्राविधिक सहयोग गर्ने

Author Image
मङ्गलवार, साउन ४, २०७३

काठमाडौं–चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इ

download (2)न्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो ।

चीन सरकारको निमन्त्रणमा वैकल्पिक उर्जाका विषयमा सम्भाव्यता अध्ययन गर्न चीन पुगेका नेपाली टोलीलाई इन्स्टिच्युटले यस्तो प्रतिवद्धता जनाएको हो ।

टोलीमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वमा मन्त्रालयकै उपसचिव अर्जुन पन्च निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्का र निगमकै पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह सहयोगी थिए ।

मन्त्रालयका उपसचिव पन्तले चीनसँग इन्धनको सम्झौता गरेर तत्कालै कारोबार गर्ने अवस्था नआएकाले वैकल्पिक माध्यमबाट इन्ध भित्र्याउने नीति अन्तर्गत सम्भाव्यता अध्ययन गर्न नेपाली टोली चीन भ्रमण गरेको जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर