Aamsanchar

एसियाली जुनियर टेनिस हुने

Author Image
बुधवार, साउन ५, २०७३

tenis

फोटो फायल

काठमाडौँ ।

अखिल नेपाल लनटेनिस सङ्घको आयोजनामा ‘एएनएलटिए एसियन जुनियर टुर सर्किट वान एन्ड टु’ सेप्टेम्बरमा हुने भएको छ ।

सर्किट ‘वान’ सेप्टेम्बर तीनदेखि १० तथा सर्किट ‘टु’ सोही महिनाको ११ देखि १७ तारिखसम्म हुनेछ । पुरुष÷महिलाको एकल र युगलमा खेल हुने आयोजक सङ्घकी अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । चौध वर्षमुनि (यु–१४) उमेर समूहका खेलाडी सहभागी हुने प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछन् ।

बालाजु करातेमा मल्लको निरन्तरता

ध्रुवविक्रम मल्ललाई अध्यक्षमा निरन्तरता दिँदै बालाजु कराते डो प्रतिष्ठानको आठौँ साधारणसभाले ११ सदस्यीय कार्यसमिति दुई वर्षका लागि आज निर्विरोध चयन गरेको छ ।

विसं २०६३ मा प्रतिष्ठान स्थापना भएयता मल्ल निरन्तर अध्यक्ष हुनुहन्छ । त्यस्तै बिआर मित्र र पृथ्वीबहादुर श्रेष्ठले उपाध्यक्ष, चन्द्रप्रकाश (सिपी) घर्तीले महासचिव, तिरणदाज गौतमले सचिव तथा नवराज मास्केले कोषाध्यक्षको जिम्मेवारी पाए । छत्रबहादुर आले, रेशमलाल तामाङ, राजेन्द्रकुमार ओझा, दिनेश महत र अनुपमा मगर सदस्यमा चयन भए ।

साधारणसभाको नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा थाइल्यान्डको बैंककमा जुलाई १२ देखि १६ तारिखसम्म भएको थाइल्यान्ड ओपन कराते प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो ।

महिला ४३ केजीमा रजत विजेता अल्बिना नगरकोटी तथा पुरुष ५५ केजीमा कास्य जितेका सोनाम लामालाई सम्मान गरियो । प्रतिष्ठानकै अल्बिनाले रु १० हजार तथा नेपाल पुलिस क्लबका सोनामले रु पाँच हजार नगदसहित सम्मानित भए । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर