Aamsanchar

बिर्तामोड वाणिज्य संघमा बलराम

Author Image
बिहिवार, साउन ६, २०७३

balram karki

बिर्तामोड ।
झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोड अब औपचारिक रुपमै बिर्तामोड उद्योग वाणिज्य संघमा रुपान्तरण भएको छ ।
संघको बुधवार बिर्तामोडमा सम्पन्न ३२औं साधारणसभाले बिर्तामोड उद्योग बाणिज्य संघमा रुपान्तरण गरेको हो । नगरपालिका घोषणासागै बाणिज्य संघलाई नगरस्तरीय बनाएर रुपान्तरण गर्ने विषयमा लामोसमयदेखि विवाद रहे पनि अन्तत: सहमतिबाट समस्याको समाधान गरी निकास निकालिएको हो । साधारणसभाले आगामी ८ महिनाभित्र चुनावी प्रक्रियामार्फत नयाा नेतृत्व चयन गर्ने कार्यभारसहित बिर्तामोड उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा बलराम कार्की चयन भएका छन् । उनी यसअघि झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडको निर्वाचित अध्यक्ष थिए । तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा किरण श्रेष्ठ, उद्योग उपाध्यक्ष कुमार भट्टराई, बाणिज्य उपाध्यक्षमा प्रकाश शिवाकोटी, जनसम्पर्क उपाध्यक्षमा शार्दुल ओली, अभिलेखीकरण उपाध्यक्षमा गणेश सुवेदी चयन भएका छन् ।
त्यस्तै महासचिवमा सुवास भट्टराई, उद्योग सचिवमा देवेन्द्रकुमार सिंह, बाणिज्य सचिवमा भेषराज भण्डारी र कोषाध्यक्षमा निर्मल भट्टराई चयन भएका छन् । सदस्यहरुमा टेकनाथ ढुंगाना, कृष्ण उदास, बाबुलाल अग्रवाल, घनश्याम चौधरी, रवीन्द्र भट्टराई, सुनिता ओली, उर्मिला खरेल, ओमप्रकाश श्रेष्ठ, युवराज खड्का, रामकृष्ण अधिकारी, प्रेमचन्द्र चौधरी, द्रौपदी गणेश, वीरेन्द्र उदास, प्रदीप अग्रवाल, रामु सिंह, यम विमली, निरज ओली, ओमभक्त प्रसाईं, कृष्ण पौडेल, लक्ष्मी बास्कोटा, प्रवीन पोखरेल रहेका छन् । साधारणसभाको बन्द सत्रले संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा किरण श्रेष्ठ, सदस्यहरुमा प्रशान्त भण्डारी, घनश्याम चौधरी, भरत उदास र जीवन पनेरु रहेका छन् । एक सदस्य पछि थप गर्ने बताइएको छ ।
यसैबीच झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडको ३२औं साधारणसभा सम्पन्न भएको छ ।
बुधबार बिर्तामोडमा बलराम कार्कीको अध्यक्षता र झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा संघको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा झापा उद्योग वाणिज्य संघ झापा जिल्ला अध्यक्ष राजकुमार पनेरु, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशवराज पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेसका पूर्व उपसभापति देउमान थेवे, झापा उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष राजेन्द्र घिमिरे, उद्योग वाणिज्य संघ शाखा बिर्तामोडका पूर्व अध्यक्ष रामलोचन न्यौपाने, वीरता लेडी जेसीजका अध्यक्ष रजनी बजगाईं, खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ लगायतका बक्ताहरुले झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोड अब बिर्तामोड उद्योग वाणिज्य संघ बन्न लागेको भन्दै उद्योगीहरुको समस्या समाधानसागै अन्य क्षेत्रमा पनि कार्य गर्न सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव किरण श्रेष्ठले र स्वागत उपाध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर