Aamsanchar

झापा उद्योग संघको अध्यक्षमा टीकाराज

Author Image
शुक्रवार, साउन ७, २०७३

tikaraj

भद्रपुर ।
झापा उद्योग संघ भद्रपुरको अध्यक्षमा टीकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । विहिवार संघमा सम्पन्न निर्वाचन प्रक्रियाबाटै ढकाल दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन् ।

निर्विरोध कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, उपाध्यक्षद्धयमा शिवकुमार गुप्ता, दीपेश ढकाल, महासचिवमा दुर्गाप्रसाद भण्डारी, सचिव विनयकुमार गोयल र कोषाध्यक्षमा अवरविन्द अग्रवाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा चण्डीप्रसाद पराजुली, दीपककुमार पोखरेल, नितेश बर्मा, हुलासचन्द्र सरिया, मार्स प्रसाई, जेपी शर्मा, सुभाषकुमार मुरारका र प्रदिपकुमार सरावगी निर्विरोध चयन भएको निर्वाचन समितिका अधिकृत जनक पाण्डेले बताए ।

आवद्ध ८१ उद्योग प्रतिष्ठान सदस्य मध्येबाट १५ जना कार्य समिति सदस्यमा निर्वाचित हुने व्यवस्था संघको २०६१ को विधानलाई संसोधन गर्दै प्रथम संसोधन २०७३ विधानमा उल्लेखित परिच्छेद ५ को दफा बमोजिम रहेको थियो । सोही विधान अनुसार भएको निर्वाचनमा १६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अन्तिम समयमा सदस्य पदमा उम्मेदवारी दिएका सुरेशकुमार मित्तलले सहमतिमा उम्मेदावरी फिर्ता लिएपछि संघको नया कार्य समिति निर्विरोध गठन भएको थियो । एक उद्योगीका अुनसार सुरेशकुमार अग्रवाललाई चिया उत्पादक संघको अध्यक्ष पद दिने मौखित सहमति गराएपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन । चिया संघको निर्वाचन धनकुटामा यही साउन ९ गते हुने कार्य तालिका सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर