इलाम,

राष्ट्रिय वातावरण दिवसको अवसरमा इलामको माइनगर–५ स्थित बसन्त सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा बृक्षारोपण गरिएको छ । जिल्ला वन कार्यालय इलाम र बसन्त सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भमा सहभागितामूलक अतिक्रमण हटाई वृक्षारोपण सम्पन्न गरेका छन् ।

बसन्त सामुदायिक वन क्षेत्रलाई हराभरा र सुन्दर बनाउने उदेश्यले १० हेक्टर जमिनमा निति कार्यक्रममा वृक्षारोपण गर्ने समेटिएको समूहका अध्यक्ष दिलिप राईले बताए । ५ हेक्टर जमिनमा बृक्षारोपण गर्ने लक्ष्य रहेको समूहले जनाएको छ ।
उनले भने–पर्यावारण जोगाउँन सके मानव जीवन दिर्घ जीवन हुने बताए । उनका अनुसार ७ हजार ट्रिक सहित बाँस ५ सय विरुवा समूहले उत्पादन गर्दे बृक्षारोपण गरेका छौं । संञ्चारकर्मी सँग कुरा गदै जिल्ला वन इलामका सहायक वन अधिकृत नुरु मुम्मद मियाँले विश्व वातावरण दिवसको अवसर पारेर ३ सय विरुवा जिल्ला वनको सहयोगमा अर्घरुट विरुवा अतिक्रमण क्षेत्रमा रोपेको जानकारी दिए । सेक्टर वन कार्यालय सुखानीले उत्पादन गरेको ३ सय मसला प्रजातिको विरुवा पनि बृक्षारोपण गरिएको उनले बताए ।

बृक्षारोपण कार्यक्रममा बन उपभोक्ता हरु स्थानीय बासी जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको जनाइएको छ । यस सामुदायिक वनले प्रत्येक वर्ष वन क्षेत्रका विभिन्न खाली जमिनमा बृक्षारोपण गर्दे आएको छ ।

