शान्तिनगर,

झापाको बुद्धशान्ति गाउँपालिका—७ सुनमाईमा ७ दिने उद्घोषण तथा ब्यक्तित्व बिकास तालिम समापन भएको छ । गत असार ३ गतेबाट ९ गतेसम्म संचालित तालिमको आईतबार समापन गरिएको हो ।

तालिम संयोजक रीतादेबी बराल (अर्याल) को अध्यक्षता तथा सात नम्बर वाडका वडाध्यक्ष मात्रिका पौडेलको प्रमुख आथित्य तथा वडा सचिब शशि पनेरुको बिशेष आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
बुद्धशान्ति वडा नम्बर सातको सामाजिक बिकास लक्षित बर्ग महिला क्षमता बिकास कार्यक्रम अन्तर्गत टोल नम्बर ३,५,६ लाई ४७ हजार रुपैयाको बिनियोजित रकमबाट सो उद्घोषण तथा ब्यक्तित्व बिकास तालिमको आयोजना गरिएको हो ।

तालिममा ३४ जना महिलाहरुको सहभागिता गरेको थियो । तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका शान्तिनगर सम्बाददाता दिपेन लावतीले गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष पौडेलले सिकेका कुरा ब्यवहारमा उतार्न आग्रह गरे । आगामी दिनमा पनि महिलाहरुको ब्यक्तित्व बिकासका लागि वडाले बिभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा सहभागिको तर्फबाट उर्मिला राई, सरिना नेपाली, कमला राई, प्रमिला राई, देबकुमारी राई, सन्ध्या राई लगायतले सिकेका कुरा ब्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । सात नम्बर वडा सदस्य मात्रिका निरौलाले स्वागत गरेको कार्यक्रमको संचालन दुर्गा चौलागाईले गरेकी थिईन् ।

