Aamsanchar

वैदेशिक रोजगारीबाट फर्केका संगठित हुदै असार २७ मा राष्ट्रिय भेला हुने

Author Image
सोमवार, असार १८, २०७५

भरत शिवाकोटी/झापा ।

नेपालबाट वैदेशिक रोजगारीका निमित्त दशकौं देखि हालसम्म पनि नेपालीहरु विश्वका विभिन्न मुलुक जाने गरिरहेका छन् ।

वैदेशिक रोजगारी गरेर नेपालीहरुले भित्र्याउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका त खेलेको छ नै सँगै उनीहरुले विदेशमा रहदा सिकेका सिपहरुलाई समेत नेपालमा थोरैले भएपनि प्रयोग गर्ने प्रयत्न गरेका छन तर उनीहरु मध्ये विभिन्न समस्याहरुका कारण कमै मात्र सफल भएका छन ।

वैदेशिक रोजगारीमा जाने उर्जाशिल युवाहरुलाई देशमै रोजगारी सृजना गर्दै विदेश जान निरुत्साहित गर्ने भन्ने नारा हरेक पटकका सरकारको भएपनि हालसम्म उर्जाशील जनशक्तिलाई विदेश जान रोक्ने ठोस निती तथा कार्यक्रम कुनैपनि सरकारको रहेको छैन । त्यसै गरि विदेशबाट फर्केका व्याक्तिहरुको संगठित संस्था समेत रहेको छैन ।

यहि विषयलाई मध्यनजर गर्दै विदेशवाट फर्केका व्याक्तिहरुको सक्रियतामा आगामी असार २७ गते प्रवासबाट फर्केका व्याक्तिहरुको अधिराज्यव्यापी भेला हुने भएको छ । काठमाडौंको रास्ट्रिय सभा गृहमा हुने भेलाको आयोजना भने रास्ट्रिय युवा परिषदले गरिदिएको छ । भेलाको जानकारी विषयमा जिल्लामा रहेका रास्ट्रिय युवा परिषदका शाखा कार्यालयहरुले सुचना प्रकाशित गरिसकेको छन । वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्याक्ति उपस्थित हुन सक्ने उक्त भेलामा देशैभरिबाट सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले जानकारी दिएका छन ।

तर भेलामा सहभागी हुने व्याक्तिले निश्चित प्रक्रिया भने पुरा गर्नुपर्ने छ प्रक्रियाका निमित्त आयोजकले सहभागी हुन इच्छुक व्याक्तिहरुका निमित्त अनलाइन फारमको व्यवस्था गरेको छ । भेलालाई व्यवस्थित बनाउन आगामी असार २० गते भित्र फारम भरेर पठाएका व्याक्तिहरुलाई मात्र प्रवेश दिईने र उनीहरुका निमित्त प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जनाएको छ । भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरि अधिकांश जिल्लाका व्याक्तिहरु जोडिने क्रम जारि रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको जानकारी अधिकारीले दिएका छन ।

राज्यले साँच्चिकै ठोस निती तथा कार्यक्रम तय गरेमा वैदेशिक रोजगारीबाट फर्किएका उर्जाशील युवाहरुले विदेशमा सिकेको सिप,दक्षता,क्षमता आदिलाई स्वदेशमै प्रयोग गरेर रास्ट्र समृद्द बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन सँगै बेरोजगारले रोजगार समेत प्राप्त गर्नेछन ।

वैदेशिक रोजगारबाट फर्किएका व्याक्तिहरुको वर्तमान अवस्था कस्तो छ,यो वर्गलाई बेलैमा राज्यले उचित सम्बोधन गरेर नीति निर्माण गरि योजना तर्जुमा नगरे यसको दुरगामी असर कस्तो रहला,सरकारको प्राथमिकता बिदेशबाट फर्किएका नेपालीलाई पुनः विदेश फर्किनबाट रोक्ने हुनुपर्ने हो कि नयाँ कामदारलाई विदेश जानबाट रोक्नु हो,राज्यको सहयोग वा अनुदान वा राज्य र यो वर्गको संयुक्त लगानी मा के कस्ता परियोजना संचालन गरेर यो वर्गलाइ आत्मनिर्भर बनाउँदै रोजगारी सृजना गर्न सकिन्छ ।

लामो समय सम्म राज्यले आफ्ना नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुबिधाबाट बन्चित रहेर सो समयमा रेमिट्यान्सले राज्यको ढुकुटी भर्न योगदान पुर्याएको यो वर्गलाइ राज्यले हेर्ने दृष्टिकोण कस्तो हुनुपर्दछ लगायतका थुप्रै विषयहरुको आवाज भेलामा उठान हुने प्रवासबाट फर्केका अगुवाहरुले जानकारी दिएका छन ।
भेलामा सहभागी हुन अनलाइन फारम भर्ने लिंक निम्नानुसार रहेको छ:

https://docs.google.com/forms/d/e/1FAIpQLSeLO5t2aVNHbRdaAeZNITrNFx0kqnriJ6twVIJfHNvw0nhqKg/viewform

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर