काठमाडौं ।

लगातारको वर्षाका कारण रोल्पा र कैलालीमा घर भत्कँदा चार जनाको मृत्यु भएको छ । मनसुन सक्रिय हुँदा आइतबार रातिदेखि देशैभर लगातार वर्षा भइरहेको छ ।

यसैक्रममा रोल्पाको रुन्टीगढी–५ सैवाङ गाउँमा घर भत्किँदा ३ जनाको मृत्यु भएको छ भने कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सैवाङ गाउँमा सोमबार बिहान घर भत्किँदा २२ वर्षीया कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको हो ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–९मा घर भत्किँदा दुठा रानाको मृत्यु भएको ओएस नेपालले जनाएको छ ।
Views: 153

