Aamsanchar

जंगली हात्तीको आक्रमणबाट एक मजदुरको मृत्यु

Author Image
सोमवार, असार १८, २०७५

मोरङ,

बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट सोमबार एक मजदुरको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट पूर्व–पश्चिम राजमार्गमा मर्मत सम्भार र सरसफाइको काम गर्दै आएका जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

राजमार्ग किनारमा टेण्टभित्र सुतिरहेको अवस्थामा जंगलबाट निस्किएको हात्तीले महतोलाई आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको थियो । महतोसँगै सुतेका अन्य दुईजनाले भागेर ज्यान जोगाएका थिए ।

Views: 143

प्रतिक्रिया (०)