Aamsanchar

तास मात्र खेल्छन् की के हो नेपाली ? १० महिनामा १२ करोडको तास आयात

Author Image
मङ्गलवार, असार १९, २०७५

काठामाडौं ।

जुन वस्तु उपयोग गर्न कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ।

त्यो वस्तु हो, तास। मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो(विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित रहेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ।

सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको किनबेचमा भने कडाइ गरेको छैन। नागरिक दैनिकमा छपिएको समाचारअनुसार भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७४/ ७५ को १० महिनामा ६ मुलुकबाट ११ करोड १५ लाख मूल्यका झण्डै एक करोड एक लाख ६२ हजार प्याकेट तास नेपाल भित्रिएको छ यसबाहेक भारततर्फ खुला सिमानाको प्रयोग गरेर हजारौँ प्याकेट तास आयात भइरहेको तासको कुनै लेखाजोखा छैन।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर