Aamsanchar

किटेनीमा जीप दुर्घटना हुदाँ ११ जना यात्रु घाइते

Author Image
मङ्गलवार, असार १९, २०७५

बिर्तामोड ।

मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका–४ किटेनीमा जीप दुर्घटना हुदाँ ११ जना यात्रु घाइते भएका छन् ।

ताप्लेजुङबाट झापा आउँदै गरेको जीप इलाममा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । रोङ गाउँपालिका ४ किटेनीमा मे १ ज २४१९ नम्बरको बलेरो जीप दुर्घटनामा परी ११ यात्रु घाइते भएको प्रहरी चौकी किटेनीले जनाएको छ ।

घाइते हुनेहरुमा जीपका चालक इलाम देउमाई नगरपालिका–१ चमैता बस्ने दावा शेर्पा, झापा बुद्दशान्ति गाउँपालिका– ८ बस्ने तेजमान लावती, ताप्लेजुङ फुङ्लिङ नगरपालिका– ८ का याम कुमार गुरुङ, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका– ४ का प्रकाश किरण दाहाल, पाँचथर हिलिहाङ गाउँपालिका–४ बस्ने मन बहादुर राना, उनकी १३ वर्षकी छोरी प्रसुन्न राना, ताप्लेजुङ फुङलिङ नगरपालिका– ७ की गंगा गुरुङ, उनकी १७ महिनाको छोरा युकेश गुरुङ, ताप्लेजुङ फुङ्लिङ नगरपालिका– ८ की कमला गुरुङ, झापा हल्दिबारी गाउँपालिका १ गोलधापकी अन्जु नेम्बाङ र पाँचथर फाल्गुनन्द गाउँपालिका– ३ की रिजा नेम्बाङ रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ्ग हस्पिटलमा उपचार भइरहेको छ ।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर