Aamsanchar

टीकापुर अस्पतालमा जन्मिएको अनौठो शिशुको मृत्यु

Author Image
मङ्गलवार, असार १९, २०७५

टीकापुर ,

कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ ।

उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताउनुभयो ।

गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । “उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो, डा खनालले भन्नुभयो, तर बच्चा बँचेन ।” शिशुको मृत्यु भए पनि उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर