काठमाडौं ।

नेपालमा डुबान हुने गरी बनाइएको भारतीय बाँध नवलपरासीस्थित सुस्ताबासीहरुले भत्काइदिएका छन् ।

खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीहरुले सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानको बाँध भत्काइदिएका हुन् ।
उक्त गण्डक नहरको बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको दिएका छन् । हरेक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्ने गरेको थियो भने यस पटक पनि करिब २ सय बिघा धान खेत डुबानमा परेको छ ।

भारतीय बाँधका कारण नेपालको वर्र्षेनी हजारौँ हेक्टर जमिन डुबानमा पर्ने गरेको छ ।
तर, वर्षेनी यस्तो समस्या आइरहने भएपनि नेपाल सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन ।–ओएस नेपालबाट
Views: 126

