Aamsanchar

बिर्तामोडमा अष्ट्रेलियन एजुकेशन सेमीनार

Author Image
मङ्गलवार, असार १९, २०७५

बिर्तामोड।

झापाको बिर्तामोडस्थित ग्लोबल टच इन्टरनेशनल एजुकेशन फाउण्डेशनको आयोजनामा सोमवार अष्ट्रेलियन एजुकेशन सेमीनार सम्पन्न भएको छ ।

प्लस टु उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सेमीनारको आयोजना गरिएको ग्लोबल टच इन्टरनेशनल एजुकेशन फाउण्डेशनका सीईओ दीपक गौतमले जानकारी दिए ।

कार्यक्रममा अष्ट्रेलियाको भाइब कलेज र क्वीन्सफोर्ड कलेजका नेपाल डाइरेक्टर प्रकाश पाण्डेले अष्टेलियामा नेपालीको भविष्य, कलेज तथा विश्वविद्यालयहरुको अवस्था, त्यहाँको संस्कृति, पढाइ, कमाइ तथा भीजा प्रोसेसको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

सेमीनारमा उपस्थित एक सयभन्दा बढी विद्यार्थी तथा अभिभावकहरुलाई अष्टेलिया जाँदा ध्यान दिनुपर्ने कुराहरु, योग्यता, लगानी तथा त्यहाँका कलेजमा उपलव्ध विषयहरुको बारेमा जानकारी गराइएको ग्लोबल टच इन्टरनेशनल एजुकेशन फाउण्डेशनका सीइओ गौतमले बताए । अस्ट्रेलियामा विद्यार्थी जीवन कस्तो हुने र त्यसका लागि अभिभावक तथा विद्यार्थीले कुन किसिमको तयारी गर्नुपर्छ भन्ने बारे सेमिनारमा विद्यार्थीसँग छलफल गरिएको उनले बताए ।

अष्ट्रेलियाको सिड्नी, एडीलेट र ब्रिसवेनमा रहेको क्वीन्सफोर्ड कलेज र ब्रिसवेनमा रहेको भाइव कलेजमा प्लस टु उत्तीर्णपछि एकाउन्ट, विजनेस, म्यानेजमेन्ट, आईटी, नर्सिङ, होटल म्यानेजमेन्ट, चाइल्ड केयर, हेयर ड्रेसिङ लगायत कोर्षहरुमा विद्यार्थीहरुलाई शिक्षा दिइने पाण्डेले बताए ।

उनले आफ्नो कलेजमा सस्तोमा गुणस्तरीय शिक्षा दिइने बताए । विशेष गरी नेपाली विद्यार्थीहरु अष्ट्रेलिया पढ्नका लागि विद्यार्थी भिषामा जाने गरेको बताउँदै उनीहरु त्यहाँ पुगेपछि अध्ययनसँगै केही बर्ष पार्ट टाईम काम र निश्चित समयको अध्ययनपछि स्थाई बसाई (पिआर) आवेदन दिन मिल्ने भएकाले धेरै नेपाली विद्यार्थी अष्ट्रेलियाप्रति आकर्षित भएको बताए ।

अष्ट्रेलिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिक अनुसारपनि प्रतिघण्टा १७ डलर भन्दा कम नरहेको र विकेन्ड लोडिङ (शनिबार र आइतबार काम गरेबापत पाइने अतिरिक्त रकम) समेत प्राप्त हुने भएकाले अध्ययन सँगसँगै रोजगारीको अवसर समेत मिल्ने भएकोले नेपाली विद्यार्थीहरु अष्ट्रेलिया जान बढी इच्छुक रहेको उनले बताए । बिकसित र सुबिधासम्पन्न मुलुक, राम्रो आम्दानी र सामाजिक सुरक्षाका कारण अष्ट्रेलिया नेपाली विद्यार्थीको उत्कृष्ट गन्तव्य बनेको उनले बताए ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर