Aamsanchar

यशोदा फुड्सद्वारा छात्रबृत्ति

Author Image
मङ्गलवार, असार १९, २०७५

बिर्तामोड।

यशोदा फुड्स प्रालिले झापाको गरामनीस्थित दुर्गा माविमा अध्ययनरत् एक छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

यशोदा फुड्सको मेची महाकाली शैक्षिक कार्यक्रम अन्तर्गत उक्त छात्रबृत्ति प्रदान गरिएको यशोदा फुड्सकी जनसम्पर्क अधिकृत सरस्वती बस्यालले जानकारी दिइन् ।

कार्यक्रममा उक्त विद्यालयमा कक्षा १०मा अध्ययनरत् रवीना ढकाललाई नगद १० हजारसहित छात्रबृत्ति प्रदान गरिएको जनसम्पर्क अधिकृत बस्यालले बताइन् ।

यशोदा फुड्सका रिजनल म्यानेजर पदम निरौलाको अध्यक्षता तथा विद्यालयका सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यशोदा फुड्सका सेल्स अफिसर खेम निरौला, भीष्म न्यौपाने लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक तथा शैक्षिक कार्यक्रम गर्दै आएको जनसम्पर्क अधिकृत बस्यालले जानकारी दिइन् ।

उनले नेपाल अधिराज्यभरिका विभिन्न विद्यालयहरुमा पुगेर विभिन्न शैक्षिक क्रियाकलापहरू गर्ने, विद्यार्थीहरुलाई जंकफुड बारे सचेत गराउँदै चाउचाउ खाने सही तरिका सिकाउँदै आएको बताइन् । यशोदा फुड्स बिद्यार्थीहरुको स्वास्थ्य प्रति सचेत रहेको बताउँदै उनले सही मात्रामा र सही तरिकाले खायो भने चाउचाउले असर नगर्ने र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने हुँदा कारण विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम गर्दै आइरहेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यापक अधिकारीले शैक्षिक अभियानमा अग्रसर यशोदा फुड्सलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विद्यार्थी ढकालले छात्रवृत्तिको रकमले शैक्षिक क्षेत्रलाई अगाडि बढाउन आफूलाई सहयोग पुग्ने बताइन् । कार्यक्रमको सञ्चालन शिक्षक दुर्गा सुवेदीले गरेका थिए ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर