Aamsanchar

सर्पले टोकेर बालकको मृत्यु

Author Image
बुधवार, असार २०, २०७५

रुपन्देही,

रुपन्देहीमा सर्पले टोकेर एकजना बालकको ज्यान गएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो ।

सुतेका इमरानलाई राति उठेर खुट्टा भुईँमा राख्दा खाटमुनी रहेको गोमन सर्पले टोकेको थियो ।

सर्पले टोकेपछि घाइते भएका इमरानलाई उपचारको लागि भैरहवा ल्याउने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर