Aamsanchar

गौरादहमा पानीको नालीमा डुबेर मृत्यु

Author Image
बुधवार, असार २०, २०७५

दमक ।

झापाको गौरादहमा एकजनाको पानीको नालीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय सामाजिक अगुवा अमर शिवाकोटीका अनुसार स्थानीय मजदुरी काम गर्दै आएका फागु ऋषिदेव नालिमा डुबेर मृत्यु भएको हो । उनको शव बुधबार विहान नालीमा स्थानीयहरुले देखेका थिए ।

गौरादह ७ मा पर्ने ग्वालडुव्वा वजार भन्दा करिव २ सय मिटर दक्षिण पाडाजुंगि गौरिगञ्ज सडक खण्डको नालिमा ऋषिदेव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्डमका लागि दमक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर