Aamsanchar

सशस्त्र प्रहरीद्धारा लाखौं मुल्य बराबरको सामान पक्राउ

Author Image
बुधवार, असार २०, २०७५

झापा ।

सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय झापाबाट गस्तिमा खटिएको सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल भित्र्यिाउदै गरेको लाखौं मुल्य बराबरको कपडा बरामद गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–४ मा भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको तीन लाख ३१ हजार मुल्य बराबरको सटिङ्ग सुटिङ्गको कपडा बरामद गरेर मेची भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका डीएसपी दिपेन्द्र गिरीले जानकारी दिए ।

सशस्त्र प्रहरीको गस्ती टोलीले बुधबार बिहान उक्त सामन बरामद गरेको हो । बिहान ५ बजे नै नेपाल तर्फ अवैध सामान ल्याएको फेला परेपनि तस्करीमा संलग्न ब्यक्ति भने एपिएफको टोलीलाई देख्नासाथ फरार भएकाले पक्राउ गर्न नसकिएको जनाएको छ ।

सिमावर्ती नाकाबाट चोरी तस्करी बढेको सुचना आए लगत्तै सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ । बरामद गरिएको सामन बुधबार नै मेची भन्सार कार्यालय कांकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरीका डीएसपी गिरीले जानकारी दिए ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर