Aamsanchar

मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन

Author Image
बिहिवार, असार २१, २०७५

काठमाडौँ, 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ ।

यस आवभित्र पाँच हजार ४०० व्यापारिक फर्मको अनुगमनको लक्ष्य राखेको प्रवक्ता ढुण्डीराज पोखरेलले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा मूल्यसूची, बिलविजक, खरिद बिल राख्न व्यवसायीलाई निर्देशन दिइएको छ । नियम विपरीत व्यवसाय सञ्चालन गरेका ८० वटा फर्मलाई व्यवसाय बन्द गराइएको छ । २९ वटा फर्मको कारोबार रोक्का गरिएको छ । अनुगमनमा कतिपय व्यवसायीले भुलबस भ्याट वा प्यानमा दर्ता नभई राजश्व ठगी गर्ने गरेको पाइएको छ ।

उनीहरुलाई सम्झाई बुझाई कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको विभागले जनाएको छ । आव २०७३÷७४ मा चार हजार ७०५ व्यापारिक फर्म अनुगमन गरिएकोमा नियम विपरीत सञ्चालित १०९ वटा फर्म बन्द गराइएको थियो ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर