काठमाडौं ,

कच्चा पदार्थ अवाभमा बन्द नेपाली सेनाको इमल्सन प्लान्टले एक महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ। मकवानपुर सुनाचरीमा रहेको सिंगल बेसको उक्त प्लान्ट कच्चा पदार्थको अभावपछि विगत डेढ वर्षदेखि बन्द छ।

विकास निर्माणका क्षेत्रमा आवश्यक पर्ने विस्फोटक पदार्थ उत्पादन गर्ने उक्त प्लान्टलाई आवस्यक कच्चा पदार्थको आयातमा भारतले रोक्का गरिदिएपछि बन्द भएको थियो।
सैन्य स्रोतका अनुसार भारतीय कम्पनीले निर्माण गर्ने भनिएको फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले सेनालई दिएपछि भारतले अघोषित रुपमा इमल्सन प्लान्टका लागि आवश्यक कच्चा पदार्थमा रोक लगाउँदै आएको खबर नागरिक दैनिकमा छ। यसको लागि भारतीय पक्षले आवश्यक कागजपत्र नपुगेको बहाना बनाउँदै आएको थियो।

हालै सेनापति राजेन्द्र क्षत्रीको भारत भ्रमण पश्चात भारतले कच्चा पदार्थ पठाउने प्रक्रिया सुुरु गरेको छ।
Views: 163

