Aamsanchar

अवैध रुपमा बसोबास गर्ने मलेसियामा २०० नेपाली पक्राउ

Author Image
शुक्रवार, असार २२, २०७५

काठमाडौं,

मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ।

स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीसहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो।

‘ओपी मेगा–३’ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ। यसरी पक्राउ पर्नेमा २ सय नेपाली रहेको मलेसियास्थित दूतावासले जनाए पनि पक्राउ जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको खबर कारोबार दैनिकमा छ।

मलेसिया सरकारले बिनादर्ता बसिरहेका नेपाललगायत अन्य देशका नागरिकलाई स्वेच्छिक देश फर्कन वा दर्ता प्रक्रियामा आउन दिएको समयसीमा सकिएपछि विगत १ हप्तादेखि पक्राउलाई तीब्र बनाएको छ। वैधानिक हुने वा स्वदेश फर्कने म्याद असार १६ गते सकिएको थियो।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर