Aamsanchar

प्रहरीबाट मानवअधिकार शाखाको स्थापना गरी काम गर्दै

Author Image
शुक्रवार, असार २२, २०७५

काठमाडौँ, 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानवअधिकारको संस्थागत संरक्षणका लागि प्रहरीले मानवअधिकार शाखाको स्थापना गरी काम गर्दै आएको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागद्वारा आज यहाँ आयोजित ‘मानवअधिकार संरक्षण प्रवद्र्धनमा नेपाल प्रहरी’ विषयको कार्यशाला गोष्ठीमा उहाँले नेपाल प्रहरीले मानवअधिकार संरक्षण र संबद्र्धन गर्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको स्पष्ट गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानवअधिकारका लागि आधारभूत कानून निर्माण, परिवर्तन र व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्वमहान्यायाधिवक्ता प्रा डा युवराज संग्रौलाले ‘प्रहरी व्यवहार तथा यातनाः नागरिक दृष्टिमा नेपाल प्रहरी’ तथा अधिवक्ता सुभाष आचार्यले ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ बारे प्रस्तुतीकरण दिनुभएको थियो

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर